रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृतकको नाम, थर र स्थायी ठेगाना अहिलेसम्म नखुलेको बताइएको छ । गएराति सडक पार गर्ने क्रममा ती पुरुषलाई अज्ञात सवारी साधनले ठक्कर दिएको थियो । ठक्कर पश्चात घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ठक्कर दिने सवारी साधन र चालक फरार रहेका कारण प्रहरीले खोजी कार्य तीव्र पारेको छ । घटनाको अनुसन्धान जारी रहेको र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरी स्रोतले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ ।




