बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ७ दुर्गा मन्दिर चोकस्थित सडकमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ ।
ना ६ ख २९९२ नम्बरको ट्याङ्करले मधेश प्रदेश ०३–०२–०२४ प ३९६९ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका ३२ निवासी २० वर्षीय महमद साहिल अंसारी गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थामा रहेका अंसारीलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले ट्याङ्कर चालकलाई नियन्त्रणमा लिई दुर्घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




