रौतहट । रौतहटको ईशनाथ नगरपालिका ४ स्थित सहिदगेट नजिकैको खेतमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । भारतको मोतिहारी निवासी ४५ वर्षीय महेन्द्र साह सोमबार उक्त स्थानमा मृत अवस्थामा भेटिएका हुन् ।
घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ । साहको मृत्युको कारण खुल्न बाँकी रहेको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




