सप्तरी । कञ्चनरूप नगरपालिका २ महादेवपट्टीस्थित सडकमा मंगलबार बिहान बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५४३८ नम्बरको बसले ठक्करबाट बालकको मृत्यु भएको हो ।
बसको ठक्करबाट सोही स्थानका रोजित शेखका ८ वर्षीय छोरा आयन शेखको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




