सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारीबथानस्थित खेतमा एक अन्दाजी ६२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
हाल मृतकको नाम, थर र वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटना बारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
मृतकको पहिचान खुलाउने प्रयास भइरहेको र घटनासम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




