पर्सा । स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलबार वीरगंजका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा पकाहामैनपुर गाउँपालिका २ का २६ वर्षीय अनिल कुमार बर्णवाल, वीरगंज महानगरपालिका ३ आदर्शटोलका २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बारा परवानीपुर गाउँपालिका ४ का ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन् ।
प्रहरीले अनिललाई वीरगंज १० मकालु चोकबाट ९ लाख ४७ हजार रुपैयाँ, बिनितलाई वीरगंज ८ कृषि विकास बैंक लिंकरोडबाट १५ लाख ८१ हजार रुपैयाँ र दिपकलाई वीरगंज १६ रजतजयन्ती चोकबाट ३ लाख रुपैयाँसहित पक्राउ गरेको जनाएको छ ।
उनीहरू उपर हुण्डी सम्बन्धी गैरकानुनी कारोबार गरेको आशंकामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।




