सर्लाही । सर्लाहीको बसबरीया गाउँपालिका ६ मनटोला निवासी ५४ वर्षीय शंकर राय यादव आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार यादवको शव सोमबार बिहान घरभित्रै मृत फेला परेको हो ।
घटनाको जानकारी प्राप्त भएपछि सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेर प्रारम्भिक मुचुल्का तयार गरेका छन् । मृत्युको कारण खुल्न नसकेकाले घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीय बासिन्दाहरूले घटनालाई शंकास्पद मानेका छन् भने प्रहरीले शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएको जनाएको छ ।




