रौतहट । रौतहटको परोहा नगरपालिका ७ नरकटिया बंकुलस्थित सडकमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ ।
बा ५२ प ७५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका २० वर्षीय करण पसावानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मोटरसाइकल तीव्र गतिमा रहेको र अनियन्त्रित भई सडकमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




