धनुषा । मिथिला विहारी नगरपालिका ९ का ४१ वर्षीय दिनेश यादवको करेन्ट लागेर गए राति मृत्यु भएको छ । आफ्नै धान खेतमा सिंचाइको लागि पानी हाल्न विद्युत मोटर जडान गर्ने क्रममा उनी करेन्टको चपेटामा परेका हुन् ।
गम्भीर घाइते भएका यादवलाई उपचारका लागि तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त घटना बारे प्रहरीले आवश्यक अनुसन्धान थालेको धनुषा प्रहरीले जनाएको छ ।
हाल घटनास्थलको मुचुल्का उठाई थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।




