महोत्तरी । मनरा शिसवा नगरपालिका १० मधबाका ७५ वर्षीय हेमचन्द्र झाको घरबाट गएराति सुनका गरगहना, नगद रकम र एक थान मोबाइल चोरी भएको छ । झाको घरबाट सुनका विभिन्न गहना, नगद रुपैयाँ र मोबाइल चोरी भएको प्रहरीले पुष्टि गरेको छ ।
चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




