सर्लाही । लालबन्दी नगरपालिका ३ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको बीआर ०६ एएम ७४३८ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मंगलबार बेलुकी अनियन्त्रित भई दुर्घटना हुँदा चालक पर्सा गाउँपालिका ६ पर्सा टोल निवासी ३० वर्षीय हरिन्द्र पासवान गम्भीर घाइते भएका थिए । घाइते पासवानलाई उपचारका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम धनुषा लगिएको थियो ।
तर, उपचारको क्रममा बुधबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




