जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २३ स्थित सडक छेउमा बुधबार बिहान एक अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय जनकपुरका अनुसार मृतकको नाम, थर र वतन हालसम्म नखुलेको र प्रारम्भिक अनुमानमा उनको उमेर करिब ३५ वर्षको रहेको छ । घटनास्थल सडक किनारको खाली जमिन नजिकै रहेको प्रहरीले जनाएको छ ।
प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाइसकेको र शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र घटना बारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।




