वीरगंज । वीरगंज महानगरपालिका १० स्थित पुरानो बसपार्कमा रहेको होटल दियालोको स्वीमिङ पुलमा डुबेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ ।
बुधबार राति भएको घटनामा वीरगंज महानगरपालिका ११ रानीघाट टोलका प्रमोद रौनियारका छोरा बजरंगी रौनियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्वीमिङ पुलमा डुबेर अशक्त भएका बालकलाई तत्काल उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ भने घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




