सप्तरी । सप्तरी जिल्लाका दुई फरक स्थानमा डुबेर दुई बालिकाको बुधबार मृत्यु भएको छ । सुरुङगा नगरपालिका ३ लक्ष्मीपुरका रोशन सदाकी दुई वर्षीया छोरी आरोही सदा घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको छ ।
दिउँसो पोखरीमा डुबेर अशक्त भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । तर, उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसैगरी, बोदेबरसाइन नगरपालिका १० का मो. नसेबुलकी तीन वर्षीया छोरी आफिया खातुनको पनि डुबेर मृत्यु भएको छ । खडक नगरपालिका ११ स्थित पानीको खाल्डोमा बुधबार साँझ उनी डुबेकी थिइन् ।
उनलाई उद्धार पश्चात अस्पताल पुर्याइएपनि ज्यान जोगिएन । दुवै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




