सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ८ बाट लागूऔषध नाइट्राजेपामसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ पक्राउ परेका व्यक्तिहरूमा लालबन्दी नगरपालिका ८ निवासी २७ वर्षीय विवेक चौलागाई र २६ वर्षीय लक्ष्मण बम्जन रहेका छन् ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६६ प १५७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि जाँच गर्दा १७ ट्याब्लेट नाइट्राजेपाम फेला पारेको हो ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




