सिराहा । सिराहाको बरियारपट्टी गाउँपालिका ३ स्थित पोखरीमा डुबेर १० वर्षीय बालकको बुधबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका कुलेश्वर मण्डलका छोरा रञ्जन मण्डल रहेका छन् ।
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिराहा लगिएको थियो । तर, उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




