सर्लाही । गोडैटा नगरपालिका ९ बकैनियाका उमेश सहनीकी २ वर्षीया छोरी सोहानी कुमारीको बलरा नगरपालिका ११ स्थित मनुसमारा खोलामा डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी सोहानीलाई प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




