सर्लाही । सर्लाहीको कविलासी नगरपालिका ५ घरदौली टोलमा एक २ वर्षीय बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय देव नारायण पासवानका छोरा सुरज पासवान आइतबार सोही स्थानस्थित पोखरीमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




