बारा । बाराको आदर्श कोतवाल गाउँपालिका ४ हर्नैहिया चोकबाट प्रहरीले आइतबार साँझ ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले सोही स्थानमा वेवारिसे अवस्थामा रहेको दुई वटा आँपको क्यारेट भित्र लुकाइ राखिएको लागूऔषध फेला पारेको हो ।
प्रहरीका अनुसार बरामद गरिएका लागुऔषधहरूमा फेनारगन १,५०० एम्पुल, नोर्फिन १,५०० एम्पुल र डाईजेपाम १,५०० एम्पुल रहेका छन् । लागुऔषध कसले, कहाँबाट ल्याएको र किन छाडिएको भन्ने बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




