धनुषा । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका १ स्थित एक नालामा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुधबार क्षिरेश्वरनाथ नगरपालिका ५ अर्जनवा टोलका २६ वर्षीय निरज सहनीको शव स्थानीय नालामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । मृतक सहनीको मृत्युको कारण खुल्न बाँकी रहेको र घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




