सप्तरी । सप्तरी जिल्लाको राजबिराज नगरपालिका ११ झल्हीस्थित सडकछेउमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । राजबिराज नगरपालिका १ निवासी ५० वर्षीया हकली देवी राम बिहीबार बिहान झल्ही क्षेत्रमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ । मृतकको शव परीक्षणका लागि अस्पताल पठाइएको छ । हाल मृत्युको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटना बारे थप विवरण आउन बाँकी छ ।




