रौतहट । रौतहटको गौर नगरपालिका २ महादेवपट्टी टोलबाट स्रोत नखुलेको नगद ३ लाख रूपैयाँसहित भारत बिहार सितामढी बैरगनिया नगरपंचायत १३ बाबालाल दास मठ टोल बस्ने ४३ वर्षीय महेश कुमारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




