सिराहा । सिराहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका ५ सिस्वाटोलका ८२ वर्षीय भौसा यादवको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार यादव आफ्नै खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेको थियो ।
घटनापछि गम्भीर अवस्थामा रहेका यादवलाई उपचारका लागि लैजाने प्रयास गरिए पनि बाटैमा निधन भएको जनाइएको छ । यस दु:खद घटना बारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




