रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ८ गुगौलियामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । सोही ठाउँका १८ वर्षीय शेख नौसाद सोमबार दिउँसो नहरमा नुहाउने क्रममा डुबेका थिए ।
उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटले घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




