रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका ८ स्थित बिजयपुर टोलमा सोमबार राति भएको सवारी दुर्घटनामा एक वृद्धा महिलाको ज्यान गएको छ । ना २५ प ५१७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानकी ६७ वर्षीया रबली देवी थारूनी गम्भीर घाइते भएकी थिइन् ।
घाइते अवस्थामै उपचारका लागि वीरगंजको एलएस न्यूरो अस्पताल लगिएकोमा मंगलबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




