रौतहट । रौतहटको कटहरीया नगरपालिका २ जमुनिया निवासी ५२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार दिउँसो आफ्नै खेतमा सिंचाइका लागि जडान गरिएको विद्युतीय मोटरको तारबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
तत्कालै उपचारका लागि गरूडास्थित ग्राण्डी अस्पताल पुर्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।




