रौतहट । रौतहटको मौलापुर नगरपालिका ७ पथरामा बिहीबार दिउँसो करेन्ट लागेर एक कृषकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४८ वर्षीय चन्देश्वर बैता रहेका छन् । आफ्नै खेतमा विद्युत मोटरमार्फत पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
तत्कालै उपचारका लागि गौर प्रादेशिक अस्पताल लगिए पनि उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




