पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका ५ स्थित गण्डक नहरमा एक बालकको शव फेला परेको छ । मृत फेला परेका बालक बारा जिल्लाको फेटा गाउँपालिका ४ बटरा टोल निवासी दिनेश मुखिया बिनका ९ वर्षीय छोरा प्रधुम्न मुखिया बिन रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शुक्रबार बिहान स्थानीयले गण्डक नहरमा बालकको शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको टोली घटनास्थल पुगेर बालकको शव नहरबाट निकालिएको जनाएको छ । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको छ ।
घटनाको कारण बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाहरूका अनुसार बालक केही समयदेखि हराएका थिए । सम्भावित डुबेर मृत्यु भएको आशंका गरिएको छ भने प्रहरीले अन्य कोणबाट पनि अनुसन्धान अघि बढाएको जनाएको छ ।




