बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा ८० वर्षीय प्रेम प्रसाद भट्टको ज्यान गएको हो ।
प्रहरीका अनुसार प्रदेश २–०३–०१५ प १७२६ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका भट्टलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि वीरगंजस्थित बयोधा अस्पताल पुर्याइएको थियो । तर उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ । प्रहरीले सवारी सञ्चालनमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।




