सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित चौतारामा एक वृद्ध आइतबार मृत अवस्थामा फेला परेका छन् । मृतक मोरङको सुन्दरहरैंचा नगरपालिका ७ गच्छिया टोलका ६५ वर्षीय धन बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीयले चौतारामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर उनलाई मृत घोषित गरेको हो । मृत्युको कारण खुल्न बाँकी रहेको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




