बारा । बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका १० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।




