सर्लाही । सर्लाही र रौतहटमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका ४ पोखरी टोलमा आइतबार दिउँसो करेन्ट लागेर ४ वर्षीया बालिका मुस्कान खातुनको मृत्यु भएको हो ।
सदाम मंसुरकी छोरी मुस्कानलाई घरमै मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै रौतहटको ईशनाथ नगरपालिका ८ मन्सरी टोलमा आइतबार राति करेन्ट लागेर ५५ वर्षीय शेख जाफिरको ज्यान गएको छ ।
आफ्नै खेतमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




