बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका १ सिण्डिगेटस्थित सडकमा बा ७८ प २८८९ नम्बरको स्कुटर गएराति दुर्घटना हुँदा स्कुटरमा सवार रौतहट चन्द्रपुर नगरपालिका ६ चपुर बस्ने २५ वर्षीया जुनु तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो हस्पिटल परवानिपुर बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




