सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका ९ मिर्चैया चोकमा ज ५ प २२०८ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय अशोक यादव भन्ने नन्दलाल राय यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनाम घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्थानीय मेडिकल श्रीनगर बजारमा उपचार भइरहेको छ ।




