बारा । बारा जिल्लाको निजगढ नगरपालिका ४ बाट अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले रौतहटको चन्द्रपुर नगरपालिका ४ जुडिवेला बस्ने २३ वर्षीय शिवजी धामीलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका धामीको साथबाट प्रहरीले १० किलो ३१८ ग्राम गाँजा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार गाँजा अवैध रूपमा ओसारपसार भइरहेको सूचनाका आधारमा निगरानी बढाइएको थियो । त्यस क्रममा निजगढ ४ क्षेत्रबाट धामीलाई गाँजासहित पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




