बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका ३ गंगापुरमा खाल्डोमा डुबेर एक सात वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय राम ईश्वर साहका छोरा संजित साहको बुधबार दिउँसो सोही ठाउँस्थित खाल्डोमा डुबेर मृत्यु भएको हो ।
डुबेर अचेत भएका बालकलाई तत्काल उपचारका लागि आर्शिवाद अस्पताल, कलैयामा लगिएको थियो । तर, उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




