महोत्तरी । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका १ मनरा बस्ने ५० वर्षीय महेश्वर मण्डल खेतमा मृत अवस्थामा फेला परेका छन् । बुधबार सोही स्थानस्थित खेतमा मण्डलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि अस्पताल पठाइएको छ भने मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ ।




