महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका ५ राजपुरमा खाल्डोमा डुबेर एक २ वर्षीया बालिकाको ज्यान गएको छ । बिहीबार दिउँसो श्याम सरदारकी छोरी खुसी सरदारको खाल्डोमा डुबेर गम्भीर अवस्थामा पुगेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
डुबेर अशक्त भएकी बालिकालाई तत्कालै जानकी मेडिकल कलेज, रमदैया धनुषा लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




