सर्लाही । सर्लाहीको बलरा नगरपालिका ११ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान बीआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीया चन्दा देवी बैठा गम्भीर घाइते भएकी थिइन् ।
घाइते अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् र उनको समेत सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




