सप्तरी । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी चोकमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको हो ।
बाग्लुङबाट झापातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४५६० नम्बरको बसले साइकलमा सवार सोही ठाउँका ६८ वर्षीय बुदुर चौधरीलाई ठक्कर दिएको थियो । दुर्घटनामा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




