सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित सडकमा सोमबार बिहान प्रदेश २-०१-००१ स १०२५ नम्बरको टेम्पु र मधेश प्रदेश ०१-००५ प ५७३३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २४ वर्षीय अजय कुमार चौधरीको मृत्यु भएको छ ।
सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका २ कनकपट्टी बस्ने २४ वर्षीय अजय कुमार चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका टेम्पु चालक र टेम्पुमा सवार १ जनाको एडभान्स अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




