धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ चारनाथ पुल नजिक बुधबार राति भएको बस–मोटरसाइकलको ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश–२–०२–००४ प ४०४४ नम्बरको मोटरसाइकललाई ग १ ख ९७१६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक, सोही नगरपालिका ७ गोदारका ३७ वर्षीय राजेश महत्तो गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




