महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका ९ सिमरदही बस्ने राज किशोर पासवानको छोरी १५ वर्षीया मधु पासवानको सोही ठाउँस्थित पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।




