सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका ११ महेशपुरस्थित आँपको बगैचाबाट करिब १ सय २५ किलोग्राम अवैध गाँजा बरामद गरिएको छ ।
प्रहरी चौकी धातीसहितको टोलीले गएराति बगैचामा लुकाइराखिएको गाँजा फेला पारेको हो । बरामद गाँजा बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




