रौतहट । रौतहटको बौधीमाई नगरपालिका ६ पिपरियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ वर्षीय जयकरण राय यादव रहेका छन् ।
शनिबार बिहान खेतमा विद्युतीय मोटरमार्फत पानी सिंचाइ गर्ने क्रममा अचानक करेन्ट लागेर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने तयारी भइरहेको छ ।




