सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका ५ पिपरामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । शनिबार राति खेतबाट घर फर्किने क्रममा ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी बिमला देवी सरदारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू आफ्नै खेतमा काम सकेर घर फर्कंदै गर्दा खेतमा लगाइएको विद्युतीय तारको करेन्टमा परेका थिए । घटनास्थलमै दुवैको मृत्यु भएपछि प्रहरी टोली पुगेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




