धनुषा । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका २ स्थित पशुराम ताल नजिक आइतबार साँझ मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
धनुषाधामबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ८५२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सबैला नगरपालिका २ बस्ने २१ वर्षीय संतोष दास गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि जनकपुरस्थित साई ट्रामा अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्को एक जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




