बारा । बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीस्थित प्र २-०३-००१ च १७९४ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय कुवर राउत कुर्मीको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।




