सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका ७ धरमपुरस्थित पेट्रोल पम्प नजिक एक महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबार बिहान अन्दाजी ४५ वर्षीया महिला मृत फेला परेकी प्रहरी चौकी धरमपुरले जनाएको छ ।
मृतक महिलाको नाम, थर र वतन भने हालसम्म खुल्न सकेको छैन । घटनास्थलमा पुगेको प्रहरीले शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको जनाएको छ ।
घटनाको कारण बारे हालसम्म यकिन हुन नसकेकाले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




