धनुषा । धनुषाको मिथिला नगरपालिका ८ जमुनिवास चोकस्थित सडकमा मधेश प्र ०४-००१ ज ००३८ नम्बरको माईक्रोले म प्र ०२-००७ प ५८८६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका २ बस्ने २२ वर्षीय बिर्जु मेसतरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले माईक्रो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




